काठमाडौँ, ५ असोज । आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोला ८९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर प्रतितोला ११४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




