काठमाडौँ, ४ भदौ । पश्चिम नेपालको दार्चुला, खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो साढे ४ बजे ४.२ रेक्टर स्केलमा भूकम्पको धक्का महसुस गरिएको हो।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।




