विश्व स्वास्थ्य संगठनको प्रमुख अफगानिस्तानमा, तालिबानी नेताहरूसँग भेट्ने

`

     २०७८ आश्विन ०४ गते १०:३२

एजेन्सि, ४ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन्।

सोमबार टेड्रोसले ट्विटरमार्फत् आफू अफगानिस्तान पुगेको जानकारी दिएका हुन्।

म निर्देशक मन्धारीसँग अफगानिस्तानमा छु। अफगानी जनताको स्वास्थ्यको सुरक्षा गर्नु डब्ल्युएचओको प्राथमिकता हो, उनले ट्विटरमा लेखेका छन्।

उनीहरूले स्वास्थ्य पूर्वाधारको भ्रमण गर्नेछन्। डब्ल्युएचओ अफगानिस्तानका कर्मचारी, स्वास्थ्यकर्मी र तालिबानी नेताहरूसँग भेट्ने टेड्रोसले बताएका छन्।

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि काबुल पुग्ने उनी पहिलो संयुक्त राष्ट्र संघका उच्च अधिकारी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?