reports of another school shooting in Russia; this time at Perm State University. Russian agencies say there are casualties. pic.twitter.com/jkeyGDLO05

— Mike Eckel (@Mike_Eckel) September 20, 2021

" /> रूसको एक विश्वविद्यालयमा गोली चल्दा ८ को मृत्यु , विद्यार्थीहरू झ्यालबाट हाम फालाफाल - Sarbocha Media

रूसको एक विश्वविद्यालयमा गोली चल्दा ८ को मृत्यु , विद्यार्थीहरू झ्यालबाट हाम फालाफाल

`

     २०७८ आश्विन ०४ गते ८:४६

काठमाडौँ, ४ असोज । रूसको एक विश्वविद्यालयमा सोमबार दिउँसो गोली चल्दा गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको छ।

रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा एक विद्यार्थीले गोली चलाएका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्यार्थीहरूले कक्षाकोठाको झ्यालबाट हाम फालेको देखिन्छ।

बन्दुकधारी विद्यार्थी घाइते भएका छन्। उनलाई प्रहरीले पक्राउ गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?