काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार देशभर गरी ६५६ जना संक्रमित थपिएको छ । हालसम्म संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार ४१३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १२ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण ४० लाख ९३ हजार १०० पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ र २४८ जना क्वारेन्टाइनमा रहेका छन् ।




