काठमाडौँ, १ असोज । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले प्रदर्शन गरेको छ ।
हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सांकितिक रुपमा लोकतान्त्रिक युवा संघले काठमाडौँमा विरोध गरेको हो ।
प्रदर्शनमा उत्रिएकाहरुले नेपालको सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नवर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
संघका अध्यक्ष रञ्जित कुमार सिंहले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको जानकारी दिए ।



