नेपालमा १५५८ संक्रमित, १० जनाको मृत्यु

`

     २०७८ आश्विन ०१ गते १०:४०

काठमाडौँ, १ असोज । नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १०८६ र एन्टीजेन परिक्षणबाट ४७२ गरि कुल १५५८ जना संक्रमित थपिएको जानकारी दिएको हो । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४९७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?