गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँ बराबरको बुद्ध मूर्ति राखिने

`

     २०७८ आश्विन ०१ गते ६:४७

काठमाडौँ, १ भदौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति राखिने भएको छ ।

म्यान्मारमा बनेको १ हजार ८ सय केजी तौल भएको मूर्ति स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा राख्न लागिएको हो । उक्त मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । यसमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ धातुको हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर पर्ने फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले फाउन्डेसनलाई २ करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको थियो । नेपाल सरकारसँग समन्वय गरेर मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

मूर्ति ल्याउँदा लाग्ने भन्सार शुल्क भने सरकारले छुट दिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना स्पेनको एक कार्यक्रममा भाग लिन जाने क्रममा मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?