काठमाडौँ, ३० भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले रक्षा गरेको बताएका छन् ।
बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन् । ुयो पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,ु उनले भने, ुदेशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ ।ु
एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने बाताए ।




