त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।

मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो।

यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। हिमालय उर्जा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले घट्यो।

२२ करोड रुपैयाँ बराबरको कारोबार गर्दै अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। दोस्रोमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको १७ करोडको कारोबार भएको छ ।

" /> सेयर बजारमा ४० अंकको गिरावट, ५ अर्ब ३५ करोडको कारोबार - Sarbocha Media

सेयर बजारमा ४० अंकको गिरावट, ५ अर्ब ३५ करोडको कारोबार

`

     २०७८ भाद्र ३० गते ९:४९

काठमाडौँ, ३० भदौ । आज सेयर बजार ४० अंकले घटेको छ । यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ।

यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्।

त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।

मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो।

यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो। हिमालय उर्जा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५.४ प्रतिशतले घट्यो।

२२ करोड रुपैयाँ बराबरको कारोबार गर्दै अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। दोस्रोमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको १७ करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?