काठमाडौँ, २९ भदौ । मोरङको बुढीगंगा गाउँपालिकामा १ दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्।
गाउँपालिका अध्यक्ष बालचन्द्र माझीको अनुसार राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनको गाउँपालिका अध्यक्ष बनाएको हुन् । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्।
आज उहाँले यी ३ एजेण्डाको निर्णय गर्नुभयो। आज विद्यालयहरू, स्वास्थ्य चौकीको निरीक्षण पनि गर्दै हुनुहुन्छ, उनले भने,ुकार्यक्रमहरूले निरन्तरता पाउँछ।ु
ुस्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। बैठकहरू कसरी सञ्चालन हुन्छ। यसको काम कर्तव्य के कस्तो हुन्छ आदि कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उहाँलाई राखिएको हो,ु अध्यक्ष माझीले भने।
गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो।



