नेप्सेमा झिनो अंकको सुधार

`

     २०७८ भाद्र २८ गते ९:५१

काठमाडौँ, २८ भदौ । सोमबार नेप्से ०.४ अंकले बढेको छ ।

आज ७६ कम्पनीको मूल्य वृद्धि भएको छ । १०२ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक २९४७ अंकमा कायम भएको छ। हिजो ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब २९ करोडमा सीमित भयो।

बैंकिङ १६, विकास बैंक ४, फाइनान्स २, होटल तथा पर्यटन ४, जीवन बीमा ८५, निर्जीवन बीमा १९८ र ब्यापार समूह २९ अंकले बढेका छन्।

अन्य ८, लघुवित्त ३१, उत्पादन ९३ र जलविद्युत समूह ९० अंकले घटेका छन्।

अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

सबैभन्दा धेरै मूल्य घट्न् कम्पनीमा कालिका पावर कम्पनी परेको छ । कालिका पावर कम्पनी ६.४ प्रतिशतले घटेको छ। रैराङ हाइड्रोपावरको मूल्य ५.६ प्रतिशतले घट्यो भने ग्रीनलाइफ हाइड्रोको मूल्य ५.३ प्रतिशतले घट्यो। युनिभर्सल पावर र माउन्टेन हाइड्रोको मूल्य पनि ५ प्रतिशतले घटेको छ।

सबै भन्दा बढि कारोबार गर्ने कम्पनी अरुणभ्याली हाइड्रोपावर रहेको छ । सो कम्पनिको ६१ करोड रुपैयाँको सेयर किनबेच हुँदा दोस्रोमा रहेको युनाइटेड मोदीको ४७ करोडको कारोबार भयो।

नेसनल हाइड्रोपावर, नबिल बैंक र अपि पावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?