काठमाडौँ, २८ भदौ । सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।
महासंघको अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२०० मा कारोबार भइरहेको छ ।




