काठमाडौँ, २७ भदौै । आईतबार नेप्सेमा वृद्धि भएको छ ।
साताको पहिलो दिन नेप्से ७१.४३ अंकले बढेको छ । आज नेप्से २९४७.४२ विन्दुमा पुगेको छ ।
आज नेप्से सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले बढेको भने फ्लोट इण्डेक्स ४.९१ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ४.७२ अंकले घटेको छ ।
आज २३१ कम्पनीको ९ अर्ब ४४ करोड ३५ हजार २४४ कारोबार भएको छ भने आज १ करोड ७१ लाख ३३३ कित्ता शेयर कारोबार भएको छ ।
त्यसैगरी आज म्युचुअल फण्ड बाहेक सबै उपसूचकको मुल्यमा वृद्धि भएको छ ।




