विराटनगर, २७ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किएका छन् ।
एकसाता यता ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारी काममा फर्किएका हुन् । तर उनीहरुले आन्दोलनलाई भने यथावतै राखेका छन् । उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहने संघर्ष समितिले जनाएको छ ।
आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक संघर्ष समितिका संयोजक डा।एसपी रिमालले सबै पक्षबाट अनुरोध भएका कारण आन्दोलनलाई परिमार्जन गर्दै काममा फर्किएको बताए ।
उनिहरुले ९० दिनदेखि आन्दोलन गर्दै आएका छन् ।




