काठमाडौँ, २७ भदौ । एमाले नेता विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले वित्तीय अनुशासनमा रहेर गरेका काम वर्तमान सरकारले भत्काएको आरोप लगाएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन विधेयकबारे आइतबार एमाले संसदीय दल बैठकमा सांसदहरूलाई जानकारी गराउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले यस्तो जनाएका हुन् ।
‘एकातिर अध्ययन नभएको भन्दै १४०० विकासका परियोजना स्थगित गरिएको छ । अर्कोतिर माग नै नभएका योजना अगाडि सारिएको छ । प्रतिस्थापन विधेयकमा अराजक काम भएको छ,’ उनले भने, ‘कोभिडबारे हामीले उपचार निस्शुल्क गर्छौं भनेका थियौं । तर यहाँ सस्तो लोकप्रियताका लागि आन्तरिक स्रोत परिचालन गरिनेछ भनिएको छ,’ उनले भने ।
साधारण खर्च १० प्रतिशत कटौती गर्ने कुरा स्वागतयोग्य भए पनि त्यो मनगढन्ते तरिकाबाट आएको पौडेलले बताए ।




