अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा

`

     २०७८ भाद्र २५ गते १०:०६

काठमाडौँ, २५ भदौ । अरनिको राजमार्ग सडक आजबाट सञ्चालनमा आएको छ । अविरल वर्षाले गत असार २ गतेदेखि भासिएको सडक आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।

नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो ।

सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दै स्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?