अर्थमन्त्री शर्माद्वारा आर्थिक अध्यादेश पेश

`

     २०७८ भाद्र २५ गते ९:३९

काठमाडौँ,  २५ भदौ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक संचालन गरेका छन् ।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

त्यसपछि दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएका हुन् ।

एमालेका सांसदहरुले नाराबाजी जारी राखेपछि एमाले सांसदहरुले अर्थमन्त्री जनार्दन शर्माको बाटो छेक्न खोजेपनि उनी दौडिएर रोष्टममा पुगेका थिए । एमालेका सांसदहरुको नाराबाजीका बीच आर्थिक अध्यादेश पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?