सुनचाँदीको मुल्य बढ्यो

`

     २०७८ भाद्र २५ गते ५:२८

काठमाडौँ, भदौ २५ । शुक्रबार सुनचाँदीको मुल्य बढेको छ ।

बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर आज ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?