काठमाडौँ, २४ भदौ ।(एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।
बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् ।
जवाफमा ओलीले भनेका छन् ‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ।
ओलीले एमसीसी सम्झौताका विषयमा आफूहरु सरकारको धारणा पर्खिरहेको पनि बताएका थिए । ‘हामी सरकारको धारणा पर्खिरहेका छौं, सरकारले हामीसँग छलफल पनि गरेको छैन’ ओलीले भने ।
त्यस्तै अध्यक्ष ओलीले अहिले सरकारसँग आवश्यक बहुमत भएका कारण एमसीसी सम्झौता पारित गर्न एमालेको सहयोग नचाहिने पनि बताएका भट्टराईले जानकारी दिए ।



