शेयर बजारमा ०.०२ प्रतिशतको गिरावट , ७ अर्बको कारोबार

`

     २०७८ भाद्र २४ गते १०:१२

काठमाडौँ, २४ भदौ । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ०.०२ प्रतिशतले मात्रै बजार घटेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिरावट छैन ।

व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बिहीबार बढेको छ भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ । कारोबार रकममा पनि उल्लास देखिएन ।

बिहीबार जम्मा ७ अर्ब भन्दा थोरे बढीमात्रैको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?