काठमाडौँ, २४ भदौ । विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसका प्रवक्ता शर्माले प्रवक्ताभन्दा माथिको जिम्मेवारीमा जान आफुले महामन्त्रीको पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।
वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले मंसिरमा हुने १४औं महाधिवेशनमा महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
यस अघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवार बन्ने तयारी गरेका छन् ।




