एमालेद्वरा संसद बैठक अवरोध

`

     २०७८ भाद्र २३ गते १०:५१

काठमाडौँ, २३ भदौ । नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ।

एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ। पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका हुन्।

सांसदहरुले सभामुखले अलग अलग व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन्। माओवादी सांसदहरुलाई निष्कासन गर्न प्रचण्डले पठाएको पत्रलाई मान्यता दिएको र एमालेले निकालेका सांसदहरुलाई कारवाही गर्ने सूचना नटासेँकोमा विरोध गरेका हुन्।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखसँग जवाफ माग गरेका छन् ।

‘एमाले टुक्र्याउन किन सारथी बन्नुभयो रु दल विभाजनमा तपाई किन मतियार बन्नु भयो रु,’ उनले भने, ‘७२ वर्षदेखि संघर्ष गरेर आएको पार्टीलाई कसैले नियम विपरित कसैले तल पार्न हेप्ने प्रयास गर्छ भने एमलो चुप लागे बस्दैन ।’

सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउन गरेका छन्। बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?