सेयर बजारमा ६० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

`

     २०७८ भाद्र २३ गते ९:४८

काठमाडौँ, २३ भदौ । बुधबार सेयर बजार ६० अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ६ अर्ब ६४ करोड रुपैयाँको मात्र कारोबार भएको छ।

यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ३१, ब्यापार ८२, होटल तथा पर्यटन ६४, विकास बैंक १५७, जलविद्युत ५३, फाइनान्स ९७, निर्जीवन बीमा ३२८, उत्पादन १८८, अन्य ६३, माइक्रोफाइनान्स ६७, जीवन बीमा ४२१ र लगानी समूह २ अंकले घटेका छन्।

यस दिन सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ४० पैसा पुगेको छ। एक्सल डेभलपमेन्ट बैंकको मूल्य ८.६ प्रतिशतले बढेको छ।

रैराङ हाइड्रोपावर ८ प्रतिशत, युनिभर्सल पावर ७.६ र स्वरोजगार लघुवित्तको ६.९ प्रतिशतले मूल्य बढेको छ।

युनाइेट मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

स्वरोजगार लघुवित्त, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?