काठमाडौँ २३ भदौ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मुख्यमन्त्री शाक्यले आजै १० मन्त्री थप्ने तयारी गरेकी हुन् । एमाले विभाजन भएपछि अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले सरकार विस्तार गर्न लागेकी छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको शपथग्रहण दिउँसो २ बजेका लागि तय गरिएको छ ।
मुख्यमन्त्री शाक्यले अजय क्रान्ति, चन्द्र लामा, रचना खड्का, शान्तिप्रसाद पौडेल, प्रदीप कटुवाल, विजय सुवेदी, सरस्वती बाटी, बद्री मैनाली, जुनेली श्रेष्ठ र जीवन खड्कालाई मन्त्री बनाउदै छिन् ।




