धनुषामा घुससहित नासु पक्राउ

`

     २०७८ भाद्र २३ गते ६:१९

काठमाडौँ, १३ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

चौधरीलाई सेवाग्राहीबाट लिएको ८ हजार ५ सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन विभिन्न बहाना बनाई ८ हजार ५ सय रूपैयाँ माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता रिसालले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?