थप १,६७७ संक्रमित, २१ जनाको मृत्यु

`

     २०७८ भाद्र २२ गते १०:५०

काठमाडौँ, २२ भदौ । नेपालमा थप १,६७७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १४२३ र एन्टीजेन परिक्षणबाट २५४ गरि कुल १६७७ जना संक्रमित थपिएको जानकारी दिएको हो । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ३०३ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०७२ जना संक्रमण मुक्त भएका छन् ।

देशभर अहिले २५८ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?