सुनचाँदीको मूल्य स्थिर

`

     २०७८ भाद्र २२ गते ५:३७

काठमाडौँ, २२ भदौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य ३ दिनदेखि प्रतितोला १२३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?