पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

`

     २०७८ भाद्र २१ गते ८:३७

काठमाडौ, २१ भदौ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र ५ वर्षीय हिमाल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?