सुनको मुल्यमा गिरावट

`

     २०७८ भाद्र २१ गते ५:४४

काठमाडौँ, २१ भदौ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको छ ।

सुनको मुल्य सोमबार तोलामा १ सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत १ सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?