१,०८९ जनामा संक्रमण, २० जना मृत्यु

`

     २०७८ भाद्र २० गते १०:५६

काठमाडौं, २० भदौ । आज थप १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

आज १ हजार ५३४ जना निको भएसंगै अहिलेसम्म ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?