झापामा एकैदिन डुबेर तीन जनाको मृत्यु

`

     २०७८ भाद्र २० गते ९:५४

काठमाडौ, २० भदौ । झापामा  एकैदिन डुबेर ३ जनाको मृत्यु भएको छ।

बिरिङ खोलामा डुबेर २ र कचनकवल गाउँपालिका-१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर थप १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मोरङको सुनवर्सी नगरपालिकाकी ३८ वर्षीया उमा विश्वकर्माको बिरिङ खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। मृतकको बेपत्ता छोराको पनि बिरिङ खोलामा शव आइतबार दिउँसो फेला परेको प्रहरीले बताएको छ।

साथै, कचनकवल गाउँपालिका-१ स्थित नीलडाँडा नजिकैको पैनीमा डुबेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निलडाँडाका ४८ वर्षीय दिलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?