लगानीकर्ताको चेतावनी, आज दिनभरमा पुँजी बजारलाई सुधार गर्ने नीति नलिए राष्ट्र बैंक घेर्ने

`

     २०७८ भाद्र २० गते ८:२५

काठमाडौँ, २० भदौ । सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था गरिएपछि बजार प्रभावित बन्दै निरन्तर घटिरहेको छ । सोही कारण लगानी कर्ता राष्ट्र बैङ्कसँग आक्रोशित भएको हो ।

३२ सय अंक नजिक पुगेको (नेप्से) परिसूचक २६ सय अंक तर्फ अगाडी बढिरहेको छ । बजार घट्नुको कारण गर्भनर भएकाले केन्द्रीय बैंकको केन्द्रीय कार्यालय घेर्ने चेतावनी लगानीकर्ताले दिएका हुन् ।

पुँजी बजार सुधार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले आज दिनभरमा राष्ट्र बैंकले पुँजी बजारलाई सुधार गर्ने नीति नलिए राष्ट्र बैंक घेर्ने चेतावनी दिए । उनले गभर्नरको राजीनामा माग्दै केन्द्रीय बैंक घेर्न देशभरबाट लगानीकर्ता राजधानीमा बोलाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?