सुनको मूल्य वृद्धि

`

     २०७८ भाद्र १८ गते ७:०९

काठमाडौँ, १८ भदौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

आज सुनको मूल्य १ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ९०० रुपैयाँ कायम भएको हो ।

साथै, आज तेजाबी सुनको मूल्य समेत १ सय रुपैयाँले नै वृद्धि हुँदै ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तर, यता चाँदीको मूल्य १० रुपैयाँले घट्दै शुक्रबार प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?