२४ घण्टामा २००४ संक्रमित, १६ जनाको मृत्यु

`

     २०७८ भाद्र १७ गते १०:४७

काठमाडौँ, १७ भदौ । आज नेपालमा २००४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १६१९ र एन्टीजेन परिक्षणबाट ३८५ गरि कुल २००४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८४६ जना संक्रमण मुक्त भएका छन् । देशभर अहिले ३०२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ३२७ जना रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ६१९ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ५४४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ९४६ पुगेका छन् ।

आज १६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?