काठमाडौँ, १६ भदौ । बुधबार नेप्सेमा सामान्य सुधार आएको छ । मंगलबार ६९.०५ अंकको गिरावट आएको नेप्सेमा बुधबार १.१४ अंक बढेर आज नेप्से घटेर २९७६.९८ विन्दुमा पुगेको छ ।
आज २२६ कम्पनीको ९ अर्ब ३५ करोड १७ लाख ९९ हजारको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबै भन्दा बढी फाइनान्स उपसूचकको शेयर २.७५ प्रतिशतले घटेको छ भने विकास बैंक, जलविद्युत, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ । त्यस्तै आज होटल तथा टुरिजम उपसमुहको परिसूचक ३.६७ प्रतिशतले बढेको छ भने बैंक, होटल, लगानी र लाइफ इन्सुरेन्स उपसमूहको परिसूचक पनि बढेको छ ।
त्यसैगरी अरुण भ्याली हाइड्रोपावरको ५९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड मोदीको ३० करोडबह्न्दा बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै बुधबार रुरु जलविद्युत कम्पनिको शेयर सबैभन्दा पढी ७.५५ अंकले बढ्यो भने ओरियन्टल होटल लिमिटेडको शेयर ६.१४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सनराइज म्युचुअल फण्डको शेयर ९.९८ प्रतिशतले घटेको छ ।




