सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

`

     २०७८ भाद्र १६ गते ५:५१

काठमाडौं, १६ भदौ । आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले घटेर ९१ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?