मोती पुरस्कार प्रकाश पौडेल र हेम अधिकारीलाई, भदौ २२ गते वितरण गर्ने

`

     २०७८ भाद्र १५ गते १०:३८

काठमाडौँ, १५ भदौ । यस वर्षको युवा वर्ष मोति पुरस्कार युवा साहित्यकार प्रकाश पौडेल र हेम अधिकारीलाई दिने भएको छ । यो पुरस्कार नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत दिइँदै आएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि रु ५० हजार र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिए ।

गत वर्ष कोभिड–१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उनले बताए । गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?