नेप्से परिसूचक २,९७५.८४ बिन्दुमा झर्यो, १३ अर्ब २५ करोड ९६ लाखको कारोबार

`

     २०७८ भाद्र १५ गते १०:०७

काठमाडौँ, १५ भदौ । सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार नेप्से परिसूचक एकैदिन ६९.०५ अंकले घट्दै २९ सय ७५.८४ विन्दुमा झरेको छ । त्यसो त नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.३४ अंकले घट्दै ५५०.५२ विन्दुमा झर्न पुगेको छ ।

सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे बनेको छ । तथापि, ६९.०५ अंकले घटेको बजारमा कारोबार रकम भने खासै बढ्न सकेन ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३१ लाख कित्ता माथिको सेयर १ लाख ३० हजार बढी पटक बजारमा किनबेच हुँदा जम्मा १३ अर्ब २५ करोड ९६ लाखको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?