काठमाडौँ उपत्यकाको फोहोर भोलि विहान ६ बजेबाट उठाउने

`

     २०७८ भाद्र १५ गते ९:०४

काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकाको फोहोर भोलि विहान ६ बजेबाट उठ्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायत सहितको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो,’ ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ, ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, आजको बैठकमा मोटामोटी ३ विषयमा निर्णय भएका छन्, पहिलो निर्णय नै काठमाडौं उपत्यकाको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठाउने भयो ।’

दोस्रो, त्यहासम्म जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?