थप १,३८८ संक्रमित, २४ जनाको मृत्यु

`

     २०७८ भाद्र १३ गते ११:२५

काठमाडौँ, १३ भदौ । नेपालमा थप १३८८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १२१४ र एन्टीजेन परिक्षणबाट १७४ गरि कुल १३८८ जना संक्रमित थपिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ पुगेका छन् ।

आज २२६० जना संक्रमण मुक्त भएको  मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ३४३ जना क्वारेन्टाइनमा छन् । पिसिआर र एन्टीजेनबाट आज कुल १० हजार २९७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ५२ जना रहेका छन् भने होम आइसोलेसनमा ३२ हजार ७४४ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ६२५ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?