काठमाडौँ, १३ भदौ । आइतबार आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८.८४ अंकले घटेको छ ।
कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि घट्न शुरु गरी बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।
आज फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।
सबैभन्दा धेरै बढ्नेमा यो कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।




