पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशालाका रामअशिष साह रहेको अख्तियारले जनाएको हो ।

साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामग्री नेपाल–भारत सीमा क्षेत्रबाट ल्याउनमा सहजीकरण गरिदिएको वापत ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा बर्दिवासस्थित अख्तियारबाट खटेको टोलीले ती दुवैजना आरोपितलाई घुससहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

" /> घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ - Sarbocha Media

घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

`

     २०७८ भाद्र ०९ गते १२:१३

काठमाडौँ, ९ भदौ । महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशालाका रामअशिष साह रहेको अख्तियारले जनाएको हो ।

साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामग्री नेपाल–भारत सीमा क्षेत्रबाट ल्याउनमा सहजीकरण गरिदिएको वापत ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा बर्दिवासस्थित अख्तियारबाट खटेको टोलीले ती दुवैजना आरोपितलाई घुससहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?