मस्र्याङ्दीको रु ६ करोड ४२ लाख ४८ हजार, बेँसीसहर नगरपालिकाको रु ५ करोड ७९ लाख ६९ हजार, राइनास नगरपालिकाको ५ करोड ९३ लाख ४३ हजार, सुन्दरबजार नगरपालिकाको १ करोड १० लाख ४६ हजार मध्यनेपाल नगरपालिकाको ३ करोड ९१ लाख २३ हजार बेरुजु रहेको उक्त प्रतिवदेनमा उल्लेख गरेको छ ।

साथै,दूधपोखरी गाउँपालिकाको रु ४८ लाख ५५ हजार, दोर्दी गाउँपालिकाको ६९ लाख ३२ हजार,क्व्होलासोंथर गाउँपालिकाको रु ३७ लाख ७० हजार बेरुजु देखिएको छ । सङ्घीय सरकारको ऐनअुसारको मापदण्ड पूरा नगरी गरेको खर्चलाई कार्यालयले बेरुजुका रुपमा देखाउँदै आएको छ ।

" /> लमजुङको स्थानीय तहको बेरुजु झन्डै २५ करोड - Sarbocha Media

लमजुङको स्थानीय तहको बेरुजु झन्डै २५ करोड

`

     २०७८ भाद्र ०९ गते ९:३७

काठमाडौँ, ९ भदौ । लमजुङ जिल्लाको ८ स्थानीय तहको २४ करोड ७२ लाख ८६ हजार बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा रु ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार बजेटको लेखा परीक्षण भएकोमध्ये सो रकम बेरुजु देखिएको हो ।

मस्र्याङ्दीको रु ६ करोड ४२ लाख ४८ हजार, बेँसीसहर नगरपालिकाको रु ५ करोड ७९ लाख ६९ हजार, राइनास नगरपालिकाको ५ करोड ९३ लाख ४३ हजार, सुन्दरबजार नगरपालिकाको १ करोड १० लाख ४६ हजार मध्यनेपाल नगरपालिकाको ३ करोड ९१ लाख २३ हजार बेरुजु रहेको उक्त प्रतिवदेनमा उल्लेख गरेको छ ।

साथै,दूधपोखरी गाउँपालिकाको रु ४८ लाख ५५ हजार, दोर्दी गाउँपालिकाको ६९ लाख ३२ हजार,क्व्होलासोंथर गाउँपालिकाको रु ३७ लाख ७० हजार बेरुजु देखिएको छ । सङ्घीय सरकारको ऐनअुसारको मापदण्ड पूरा नगरी गरेको खर्चलाई कार्यालयले बेरुजुका रुपमा देखाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?