काठमाडौँ, ९ भदौ । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ ।
खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने छ । भेरोसेलको पहिलो मात्रा भदौ ४ गतेदेखि सुरु भएको आज र भोलि पनि खोप अभियान सञ्चालन हुने छ ।




