काठमाडौँ, ९ भदौ । काठमाडौं महानगरले बुधबार घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरमा बाजागाजासहित घरघरमा दबाद दिएको छ ।
करदातालाई करदाखिला गर्न आउन ३० दिने सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि यस्तो रणनीति अपनाएको जनाएको छ
महानगरले २–३ वर्ष देखि २८ वर्षसम्मको घररजग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ । ‘महानगरले पछिल्लो २–३ वर्षको दाखिलालाई छाडेर २८ वर्षसम्मको पुरानो कर उठाउन पहल गर्दैछ आज ७० ठूला करदाताको घरदैलो कार्यक्रमको आयोजना गरिएको हो ।
महानगरपालिकाको राजस्व विभागका प्रमुख शिव अधिकारीले भने, ‘यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।’
उनिहरुका अनुसार न्युरोडका तीन व्यवसायिक सपिङ कम्प्लेक्स ९रञ्जना कम्प्लेक्स, आरबी कम्प्लेक्स र अर्को एक कम्प्लेक्ससहित खुस्बुको एक ह्वाइट फिल्ड स्कुल, सोल्टीमोडको होटल प्ल्याटिनियम र राइड सेयरिङ्ग ‘पठाओ’ मा समेत आज महानगरको विशेष टोली बाजागाजासहित गएर कर तिर्न दवाव दिएको छ । यी व्यवसायिक कम्प्लेक्स तथा स्कुलहरुले ४–५ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर÷जग्गा कर नतिरेको उनको भनाई छ ।




