काठमाडौं, ८ भदौ । वाणिज्य विभाग र प्रहरीले म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा छापा मारेको छ ।
विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित भ्याली कोल्ड स्टोरमा छापा मारेको हो । स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको बेला छापा मारेको प्रहरीले बाताएको छ । प्रहरी छापा जारी रहेकाले विस्तृत विवरण आउन समय लाग्ने जनाइएको छ ।




