उप–विदेशमन्त्रीको भनाईलाई उद्धृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत विमान केही मानिसको समूहद्धारा हाईज्याक भएको छ । मंगलबारबाट उक्त विमान हाम्रो सम्पर्क बाहिर छ । केही मानिसको समूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा उद्धार कार्यमा बाकी रहेको छ ।’

 अपहरणकारीहरुले हतियारसमेत बोकेका थिए भने विमान भित्रको विषयलाई उप–विदेशमन्त्रीले खुलेर बोलेको छैनन्। विमानमा उद्धारको क्रममा ८३ जना युक्रेनी नागरिक रहेको जनाइएको छ । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागिरिकहरुको धमाधम उद्धार कार्य जारी छ ।

" /> उद्धारका लागि अफगान गएको युक्रेनी विमान अपहरण, इरानतर्फ लगेको अनुमान - Sarbocha Media

उद्धारका लागि अफगान गएको युक्रेनी विमान अपहरण, इरानतर्फ लगेको अनुमान

`

     २०७८ भाद्र ०८ गते ९:११

एजन्सी, ८ भदौ । अफगानिस्तानबाट आफ्ना नागरिको उद्धार गर्न गएको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विषयको जानकारी दिएका हुन् । उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले विमानलाई अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ ।

उप–विदेशमन्त्रीको भनाईलाई उद्धृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत विमान केही मानिसको समूहद्धारा हाईज्याक भएको छ । मंगलबारबाट उक्त विमान हाम्रो सम्पर्क बाहिर छ । केही मानिसको समूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा उद्धार कार्यमा बाकी रहेको छ ।’

 अपहरणकारीहरुले हतियारसमेत बोकेका थिए भने विमान भित्रको विषयलाई उप–विदेशमन्त्रीले खुलेर बोलेको छैनन्। विमानमा उद्धारको क्रममा ८३ जना युक्रेनी नागरिक रहेको जनाइएको छ । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागिरिकहरुको धमाधम उद्धार कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?