देशभरका कुल ७५३ स्थानीय तहमध्ये १४७ वटा स्थानीय तहले बैठक बसेरै भत्ताको नाममा ७ करोड ६८ लाख रुपैयाँ सकेका छन् । स्थानीय तहले प्रदेश ऐनमा व्यवस्था नभएका र ऐनले नतोके पनि वडा, कार्यपालिका, गाउँरनगर सभा लगायतको बैठक बसेर उक्त रकम भत्तामा सकेका हुन् ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा ४ अनुसार अनुसूचीमा उल्लेख भए बमोजिमका न्यायिक, विधायन, लेखा र सुशासन समितिका सदस्यले मात्रै भत्ता पाउने व्यवस्था छ ।

" /> भत्ताको नाममा स्थानीय तहले नियम विपरीत ७ करोड ६८ लाख सके - Sarbocha Media

भत्ताको नाममा स्थानीय तहले नियम विपरीत ७ करोड ६८ लाख सके

`

     २०७८ भाद्र ०७ गते १२:१७

काठमाडौँ, ७ भदै । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनअनुसार २०७७ सालमा स्थानीय तहले व्यापक आर्थिक अनियमितता गरेका देखिएको छ ।

देशभरका कुल ७५३ स्थानीय तहमध्ये १४७ वटा स्थानीय तहले बैठक बसेरै भत्ताको नाममा ७ करोड ६८ लाख रुपैयाँ सकेका छन् । स्थानीय तहले प्रदेश ऐनमा व्यवस्था नभएका र ऐनले नतोके पनि वडा, कार्यपालिका, गाउँरनगर सभा लगायतको बैठक बसेर उक्त रकम भत्तामा सकेका हुन् ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा ४ अनुसार अनुसूचीमा उल्लेख भए बमोजिमका न्यायिक, विधायन, लेखा र सुशासन समितिका सदस्यले मात्रै भत्ता पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?