एजेन्सि, ६ भदौ । चीनको युनान प्रान्तले दक्षिण तथा दक्षिणपूर्वी व्यापार मेला तथा लगानी महोत्सव आयोजना गर्ने भएको छ । अगस्ट २५–२९ सम्म मेला तथा महोत्सव आयोजना गर्ने भएको हो ।
‘नयाँ विकासका लागि नयाँ अवसर’ नामक नारा दिइएको यो कार्यक्रम युनान प्रान्तको राजधानी कुनमिङमा हुने छ । महोत्सवमा प्रदर्शनीका लागि दक्षिण तथा दक्षिणपूर्वी एसियाका उत्पादकहरुले सहभागिता जनाउन पाउने छन् ।
अनलाइनमार्फत सहभागिता जनाउन सकिने महोत्सव हरेक बिजोर वर्षमा आयोजना हुँदै आएको छ । कुल ६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने मेलामा तीन हजार प्रदर्शनी स्थलहरु राखिएको छ ।




